समाचार

नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुग्यो

By खबरहब

February 10, 2022

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

आज थप १२ सक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।