फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए ३२९ संक्रमित

By खबरहब

February 10, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा ३२९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र २३५ संक्रमित थपिएका छन् ।

त्यस्तै भक्तपुरमा ३० र ललितपुर ६४ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

आज थप १२ सक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।