मुख्य समाचार

एमसीसी संसदमा टेबुल गर्ने विषयमा काँग्रेसमा गहन छलफल

By खबरहब

February 10, 2022

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई कसरी संसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको जनाएका छन् ।

‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौँ । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।

उनले कांग्रेसले एमसीसीबारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै, भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा कुनै टुंगोमा पुग्न नसकिएको उनले बताए । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने छ ।