समाचार

खोटाङको हलेसीमा एक जना मृत फेला

By खबरहब

February 10, 2022

काठमाडौँ– खोटाङको हलेसीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित सिन्धुलीगढी होटलमा काम गर्दै आएका दमक नगरपालिका–१ का ४४ वर्षीय विनोदप्रसाद निरौला मृत फेला परेका हुन् ।

निरौला कोठामै मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।