राजनीति

सरकारको विरोध गर्दै युवा संघको प्रदर्शन

By खबरहब

February 10, 2022

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले खोप प्रकरण, मूल्यबृद्धि लगाएत बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन भन्दै विरोध प्रदर्शन गरको हो ।

गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै विरोध गरिएको युवा संघले जनाएको छ । उनीहरुले मूल्य बृद्धि खारेज गर, गुमेको भूभाग फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर लगाएतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले मन्त्रालयभित्रैबाट खोप हटाराउनु दुखद भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

त्यस्तै उनले नेपालमा बैदेशिक हस्तक्षेप हुँदा पनि सरकार बोल्न नसकेकाले विरोध गर्न बाध्य भएको जिकिर गरे ।

युवा संघले आफुहरुले उठाएका विषयमा सरकार मौन बसे कडा विरोधका कार्यक्रम गरिने चेतावनी दिएको छ ।