फाइल फोटो

समाचार

एमसीसीमाथि व्याख्यात्मक घोषणाको औचित्य छैनः महासचिव पोखरेल

By खबरहब

March 10, 2022

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसी सम्झौतामाथि गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नभएको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले गरेको कार्यक्रममा महासचिव पोखरेलले व्याख्यात्मक घोषणाको औचित्य नभएको भन्दै यो घोषणा प्रचण्ड र माधव नेपालको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका हुन् ।

उनले संसद् विघटन गर्नुपर्ने भनेर हाम्रो सरकारका पालामा चालिएको कदमको औचित्य पुष्टि हुँदै गएको पनि बताएका छन् ।

पछिल्लो समय प्रचण्ड र माधव नेपाललेसमेत संसद् विघटन गरेर चुनाव जानुपर्ने कुरा गर्न थालेकाले औचित्य पुष्टि भएको उहाँको भनाइ छ ।