फाइल फोटो

समाचार

चार प्रदेशमा आंशिक बदली, अन्य भूभागमा मौसम सफा

By खबरहब

March 10, 2022

काठमाडौँ – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले केही भूभागमा सामान्य बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। अन्य क्षेत्रमा मौसम सफा छ।

दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।