समाचार

होलीको रौनक सुरु, वसन्तपुरमा ठड्याइयो तीन छत्रे चीर

By खबरहब

March 10, 2022

काठमाडौँ – रंगको पर्व फागु आज (बिहीबार) विधिवत सुरु भएको छ ।

आज काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएको हो ।

यो पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।