रोचक/विचित्र संसार

भ्यालेण्टाइन उपहार पाएको लट्रीको टिकटले जितिन् एक अर्ब २२ करोड

By खबरहब

March 10, 2022

मानिसको भाग्य बदलिन समय लाग्दैन । हेमार्केटकी एक महिला यस्तै भाग्यमानी बनेकी छन्। हेमार्केट निवासी मारिया चिकासलाई उनका पतीले भ्यालेण्टाइनमा उपहारस्वरुप लट्रीको टिकट दिए । तर यसले उनीहरुको भाग्य नै बदलेको छ ।

भ्यालेण्टाइनको उपहारमा फूल, चकलेट, टैडी अपेक्षा गरेकी मारियाले लट्री टिकट पाउँदा यसले उनलाई खुसी दिएन । उनी केवल कागजको टुक्रा उपहार पाएको भन्दै निराश भइन् । यसअघि पनि पतिले लट्रीको टिकट किनेका थिए तर परेको थिएन । यो पटक भने त्यही टिकटले उनीहरुको भाग्य बदलेको छ ।

भ्यालेण्टाइनमा उपहार पाएको लट्री टिकटले मारियाले सवा १ अर्ब २२ करोड रुपैयाँ जीतेकी छन् । भर्जिनिया लट्री टिकटमा मारियाले दश लाख अमेरिकी डलर जितेकी हुन् ।