समाचार

सङ्खुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार

By खबरहब

March 10, 2022

सङ्खुवासभा -जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार मृत्तकको पहिचान भइसकेको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।

दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।