समाचार

भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने

By खबरहब

March 10, 2022

भक्तपुर – भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ ।

सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ ।

प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

मेयर प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रथम पुरस्कार नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार नगद १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, तृतीय पुरस्कार नगद १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान र सान्त्वना पुरस्कार नगद. ५ हजारका साथै पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १-१ थान प्रदान गरिने बताए ।