तस्बिर : गेटे

अन्तर्राष्ट्रिय

उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपा अगाडि

By खबरहब

March 10, 2022

काठमाडौँ – भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम आउने क्रम जारी रहेको हो ।

भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने जनाएका छन् ।

टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजअनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले कूल ४०३ सिटमध्ये २४५ सिट ल्याउने उल्लेख गरेको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ ।

यस्तै दोश्रो स्थानको समाजवादी पार्टीले केबल ११५ सिट ल्याउने जनाइएको छ । तेश्रो स्थानको बहुजन समाज पार्टीको जम्मा ६ सिट छ । त्यस्तै, कंग्रेस पार्टीले केबल ३ सिटमा चित्त बुझाउनु परेको छ ।

उत्तर प्रदेशमा गत १० फेब्रुअरी देखि ७ मार्च सम्म ७ चरणमा मतदान भएको थियो ।