फाइल फोटो

मुख्य समाचार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

By खबरहब

March 10, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ ।

समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।

हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्।