समाचार

निस्सासिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

By खबरहब

March 10, 2022

दैलेख – गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ ।

गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो ।

ठाटीकाँध गाउँपालिका-१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो ।

उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्षा धीरबहादुर शाहीले बताए ।

ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले मृतक बादीको घरमा पुगेर मृतकको घर परिवारको न्यून आयस्रोत भएकाले आफूले सहयोग गरेको शाहीको भनाइ छ ।