राजनीति

बारा कांग्रेसको सभापतिका लागि पुन-मतदान हुने

By खबरहब

March 10, 2022

बारा- नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ ।

कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

सभापतिका उम्मेदवार राजेश राय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन् ।

निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए । यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदवारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ । बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।