देश/प्रदेश

थप ११२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

By खबरहब

March 10, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन्।