समाचार

राष्ट्रियसभा: एमालेको नेतामा भट्टराई र प्रमुख सचेतकमा दाहाल

By खबरहब

March 10, 2022

काठमाडौँ– राष्ट्रियसभा नेकपा एमाले संसदीय दलको नेतामा  खिमलाल भट्टराई नियुक्त भएका छन् l

त्यस्तै, सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ ।

यसअघि भट्टराई प्रमुख सचेतक थिए ।