फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित

By खबरहब

March 10, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्।

त्यस्तै गत २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन।