मनोरञ्जन

एमाले प्रवेश गर्दै करिष्मा मानन्धर

By खबरहब

March 10, 2022

काठमाडौँ- नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय गरेकी हुन् ।

उनी वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले एमाले प्रवेश गर्ने तयारीलाई अन्ततः अन्तिम रुप दिएकी हुन् ।