सांकेतिक तस्बिर

समाचार

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट

By खबरहब

March 10, 2022

ताप्लेजुङ– ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

‘भर्खरै एउटा घर जलेर नष्ट भएको खबर आएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।

ढडेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ ।

डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए ।