समाचार

सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने

By खबरहब

March 10, 2022

काठमाडौँ– काठमाडौँस्थित सिप्रदीयन सहायता संस्थाले किकर्ससँगको सहकार्यमा फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ ।

फुटबलमा इच्छुक भएर पनि आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन ।

छनौट कार्यक्रम फागुन २८ गते बलुवाखानीस्थित कुपन स्पोर्ट्स सेन्टरमा हुन लागेको पनि संस्थाले जनाएको छ ।

सिप्रदी सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनीतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनका लागि गरिएको हो ।