प्रतिकात्मक तस्वीर

क्रिकेट

इन्डो नेपाल क्रिकेट: एमसीसी विराटनगर विजयी

By खबरहब

March 10, 2022

मोरङ- इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसीसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भएको छ । खेलमा जित हासिल गर्दै टीम विराटनगर सेमिफाइनलमा पुगेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको आजको खेलमा एमसिसीले होराइजन क्रिकेट क्लब विराटनगरलाई दुई विकेटले पराजित गर्‍यो ।

 टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले १७ दशमलव पाँच बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो भने १२९ रनको विजय लक्ष्य पछ्याएको एमसीसी ‘ए’ ले १६ दशमलव पाँच ओभरमा आठ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो ।

एमसीसीका हासिम अन्सारी ३८ बलमा ३८ रन बनाउनुका साथ ‘म्यान अफ म्याच’ घोषित भए । पहिलो सेमिफाइनल खेल फागुन २७ गते शुक्रबार एमसीसी ‘ए’ र पूर्वाञ्चल क्रिकेट क्लब सँग प्रतिस्पर्धा हुने एकेडेमीले जनाएको छ ।