समाचार

तिब्बत विद्रोह दिवसको अवसरमा काठमाडौँमा शान्तिपूर्ण जुलुस

By खबरहब

March 10, 2022

काठमाडौँ– तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले जुलुस निकालेका छन् ।

स्वतन्त्र तिब्बतको माग गर्दै उनीहरूले बिजुलीबजारबाट माइतीघरसम्म जुलुस निकालेका हुन् ।

त्यस्तै, तिब्बती शरणार्थीप्रति ऐक्यबद्धता जनाउन नेपाली समर्थकहरू गौशालामा समेत शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

उनीहरूले तिब्बतमा मानवअधिकारको रक्षाको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले नेपाल–चीनबीचको मित्रतापूर्ण सम्बन्धका साथै नेपाल तिब्बतीको हकहितको पक्षमा रहेको सन्देश प्रबाह गरेका छन ।

चीनले तिब्बतलाई चिनियाँ मुख्य भूमिमा मिलाएदेखि नेपालमा कैयौँ तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । उनीहरूलाई नेपाल सरकारले शिक्षा, स्वास्थ र रोजगारीको हक प्रदान गर्दै आएको छ ।