फाइल तस्वीर

रोजगार

त्रिभुवन विमानस्थलबाट विभेदकारी ‘श्रम डेस्क’ हटाइयो

By खबरहब

March 10, 2022

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाएको छ ।

खाडी मुलुकमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूका लागि भनेर खडा गरिएको श्रम डेस्क सरकारले हटाएको हो ।

विदेश जाने नागरिकसँग विभेदकारी संरचनाका रूपमा छुट्टै श्रम डेस्क राखिएको भन्दै गुनासो हुँदै आएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा श्रम डेस्क हटाइएको हो ।

पूर्वमन्त्री गोकर्ण विष्टको पालामा नै यो डेस्क हटाउने तयारी थालिएको थियो ।

तर, कार्यान्वयन हुन सकेको थिएन ।