राजनीति

काँग्रेस सप्तरी सभापतिमा रामदेव साह चयन

By खबरहब

March 10, 2022

राजविराज– नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।

नवनिर्वाचित साह शेखर कोइराला समूहका हुन् ।

साहले १ हजार १८६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शत्रुधनप्रसाद यादवले १ हजार ७० मत प्राप्त गरेका छन् ।

२ हजार ५३५ मतदाता रहेको सप्तरीमा २ हजार ३४२ मत खसेको थियो ।