समाचार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

By खबरहब

March 10, 2022

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका वीरेन्द्रनगर सुर्खेतका उमेशप्रसाद थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उनी नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य थिए ।

थानी नेपाली काँग्रेसनिकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्षसमेत हुन् ।