आर्थिक

औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउको आयात खुला

By खबरहब

March 10, 2022

काठमाडौँ– सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउको आयात खुला गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगका लागि भन्दै यी वस्तुको आयात खुलाएको हो ।

चालु आर्थिक वर्षका लागि ती वस्तुको आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वीकृति दिनेछ ।

तस्करी हुँदै आएका यी वस्तुहरूलाई अब औद्योगिक प्रयोजनका लागि सहजै आयात पाइने भएको छ ।