फाइल तस्वीर

समाचार

५० वर्षमाथिका नागरिकले रोगको परीक्षण निःशुल्क गराउन पाउने

By खबरहब

March 10, 2022

काठमाडौँ– ५० वर्षभन्दामाथि उमेरका नागरिकले मिर्गौला, कलेजो, मुटुलगायत रोगको परीक्षण वर्षमा एकपटक निशुल्क गराउन पाउने भएका छन् ।

बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

‘५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गाैला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रूपमा वर्षको एकपटक निःशुल्क रूपमा गर्ने निर्णय गरेको छ, स्वास्थ्य तथा जनासंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।

बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।