समाचार

कुश्मामा पनि रेलमार्ग र सुरुङमार्ग बन्‍ने छन् : ओली

By खबरहब

April 10, 2022

पर्वत– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कुश्मामा रेलमार्ग र सुरुङमार्ग बन्ने बताएका छन् ।

शनिबार कुश्मामा भएको जनसभामा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला झोलुङ्गे पुल र तुइन हटाउने काम तीव्रताका साथ गरेको भन्दै यहाँ रेलमार्ग र सुरुङमार्ग पनि बन्दै जाने बताएका हुन् ।

केरुङ–काठमाडौँको रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेकाले कुश्मामा पनि विस्तारै रेल बन्ने उनको भनाइ हो ।

धरहरा, रानीपोखरी, अस्पताललगायतको उदाहरण दिँदै अध्यक्ष ओलीले नेपालमा विकासले गति लिएको बताएका थिए ।