आर्थिक

सुन फेरि तोलाको एक लाखमाथि पुग्यो

By खबरहब

April 10, 2022

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ।

साताको पहिलो कारोबार दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महास‌ंघकाअनुसार तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।