समाचार

नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण

By खबरहब

April 10, 2022

काठमाडौँ– नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिशन सामाग्रीहरू प्रदान गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललाई इन्सास राईफल पाँच सय नाल र एलएसडब्लु ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

 

सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन प्रयोजनका लागि सरकारको निर्णयअनुसार हतियारहरू हस्तान्तरण गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोगस्वरूप इन्सास राइफल ९ हजार र एलएसडब्लु १ हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ । बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिने सैनिक प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।

यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायहरूबीचको सम्बन्धसमेत थप बलियो हुने सेनाले जनाएको छ ।