समाचार

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना

By खबरहब

April 10, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।  यस अवधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ हजार २८ जना मुक्त भएका छन् ।

हाल देशभर ५ सय ९२ सक्रिय संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ ।