तस्वीर- फेसबुक/आइपिएल

क्रिकेट

दिल्लीद्वारा कोलकाता समक्ष २ सय १६ रनको लक्ष्य प्रस्तुत

By खबरहब

April 10, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाईट राइडर्सलाई २ सय १६ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा जारी खेलमा पहिले टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो ।

दिल्लीका लागि डेभिड वार्नरले ६१ रन र पृथ्वी शले ५१ रन जोडे । बलिङ गरेको कोलकाताका लागि सुनिल नारायणले २ र वरुण चक्रवर्तीले १ विकेट लिए ।

२ अंकसहित तालिकाको सातौँ स्थानमा भएको दिल्ली दोस्रो जितको खोजीमा छ । ४ खेलमा ३ जित निकालेको कोलकाता भने ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।