तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

पेट्रोल पम्पको निगरानी गर्न श्रीलंकाली उर्जा मन्त्रालयद्वारा गृहलाई आग्रह

By खबरहब

April 10, 2022

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ ।

सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको संकट रहेपनि विदेशबाट आवश्यक इन्धन आपूर्ति गरिएको छ ।

सीमित परिमाणमा इन्धन आयात गरिएका कारण यसको वितरणमा सहजिकरणका लागि उर्जा मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ ।

सीमित इन्धनलाई उचित व्यवस्थापनसहित मुलुकको अर्थव्यवस्थाका अत्यावश्यक गतिविधिमा मात्र प्रयोग गर्न आग्रह गरिएको डेली मिररले जनाएको छ ।

पेट्रोल पम्पहरुमा इन्धन वितरणमा अनियमितता भएको धेरै गुनासाहरु आएका कारण यस्तो कदम चाल्नु परेको उर्जा मन्त्रालयले जनाएको छ ।