तस्वीर- भारतीय वायुसेना

अन्तर्राष्ट्रिय

भारतीय सेनाले १५ नयाँ हेलिकोप्टर पाउने

By खबरहब

April 10, 2022

काठमाडौं– भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई भारतमै उत्पादित १५ लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) प्रदान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती हेलिकोप्टरको लागत ३८ अर्ब ८७ करोड भारतीय रुपैयाँ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको रक्षामन्त्रालयले जनाएअनुसार तीमध्ये १० हेलिकोप्टर भारतीय वायुसेनालाई प्रदान गरिनेछ भने बाँकी ५ हेलिकोप्टर भारतीय सेनाले पाउनेछ ।

हेलिकोप्टरलाई भारतको सरकार सञ्चालित हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले उत्पादन गरेको एएनआईले जनाएको छ ।

यी हेलिकोप्टरले भारतीय सेना एवम् वायुसेनाको सैनिक गतिविधिमा आवश्यकता पूरा गर्ने भारतीय रक्षा मन्त्रालयको अपेक्षा रहेको जनाइएको छ ।