मनोरञ्जन

बसाइँसराइको कथामा ‘घुमी घुमी’

By खबरहब

April 10, 2022

काठमाडौँ – तीनपाते, गाला पुक्क, बाफ लगायतका गीतहरूमार्फत चर्चामा आएका गायक सुजन चापागाईं आफ्नो नयाँ गीत ‘घुमी घुमी’ लिएर आएका छन् ।

लोक फ्युजन शैलीको म्युजिकल फिल्म भनिएको १७ मिनेट २८ सेकेण्ड लामो गीतलाई हर्क साउदले लेखेका हुन् भने सुजन र शान्तिश्री परियारले स्वर भरेका छन् । सुजनकै संगीत रहेको गीतलाई गंगा थापाबाट एरेञ्ज गरिएको छ ।

‘घुमी घुमी’ ले नेपाली समाजको कथालाई फरक ढंगले प्रस्तुत गरेको गायक सुजनले गीत सार्वजनिक कार्यक्रममा बताए ।

बसाइँसराइको आन्तरिक पाटो र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति म्युजिकल फिल्ममा समेटिएको उनले बताए ।

नवीन चौहान निर्देशित भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अञ्जना बराइलीले अभिनय गरेका छन् । बटौली पश्चात नवीनसँग विपिनको यो दोस्रो सहकार्य हो ।