मनोरञ्जन

मुन्द्रेको कमेडी क्लब’ मा जीतूसँग दमनको ‘गठबन्धन’

By खबरहब

April 10, 2022

काठमाडौँ – हाँस्यकलाकार जीतूले नेपाल र दमन रुपाखेतीको जोडी टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएको छ ।

झन्डै एकदशक पश्चात यी दुईले सहकार्य गर्ने शो लाई दिनेश डिसीले निर्देशन गर्ने भएका छन् । डिसी निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मा अभिनय गर्ने क्रममा भेटिएका जितु र दमनले पछिल्लो समय ‘जिरे खुर्सानी’ मा सँगै काम गरेका थिए ।

यद्यपी यो सहकार्य ६५ भागसम्म मात्र सीमित रह्यो । यी दुईको सहकार्यमा आउँन लागेको शो प्रसारण हुने टेलिभिजनको टुङ्गो लागेसँगै छायांकन गरिने जीतूले बताए । ‘हामी छिटै टेलिभिजन टुङ्गो लगाएर शो छायांकन गर्छौँ” जीतूले भने ।