कडा सुरक्षा कानुनले आहत हङकङबासीका समस्या अझ थपिने सम्भावना बढेको छ। हार्ड लाइनर जोन लीकाचीउ त्यहाँका नयाँ नेता भएका छन्। उनले निर्विरोध हुँदै त्यहाँको प्रमुख कार्यकारीको रूपमा क्यारी ल्यामलाई प्रतिस्थापन गरेका हुन्। एक्लो उम्मेदवारी परेका उनी धेरै रुचाइएका व्यक्ति भने होइनन्। त्यहाँ हालै गरिएको लोकप्रियता मापनको सर्भेमा उनलाई ३४.८ प्रतिशतले मात्र रुचाएका थिए । यसका बाबजुद बेइजिङले सिधै उठाइएका उनी त्यहाँका कार्यकारी भएका हुन्।
६४ वर्षीय उनलाई निर्वाचन अयोगका कर्मचारीको बहुमतले चयन गरेको हो। त्यस आयोगमा बेइजिङ परस्तको धेरै उपस्थिति छ।
एक्लो उम्मेदवारी परेका उनी धेरै रुचाइएका व्यक्ति भने होइनन्। त्यहाँ हालै गरिएको लोकप्रियता मापनको सर्भेमा उनलाई ३४.८ प्रतिशतले मात्र रुचाएका थिए ।
उनका धेरै अग्रज व्यापार र सामाजिक सेवा पृष्ठभूमि भएको भए पनि उनी भने कानुन कार्यान्वयन क्षेत्रका हुन् । सन् १९७७ मा २० वर्षको उमेरमा प्रहरी सेवामा प्रवेश गरेका उनको पहिलो काम कानुन कार्यान्वयन गराउनु हो।
दुई बच्चाका बाबु उनी हङकङका बासिन्दा हुनुका साथै सन् २०१२ मा सुरक्षा उपसचिव हुनु अगाडिसम्म बेलायती नागरिक पनि थिए। त्यसपछि उनी क्यारी ल्यामको प्रशासनमा सुरक्षा सचिव चयन भएका थिए। सन् २०१९ मा विवादास्पद विधेयक पारित गराउनमा उनको सबैभन्दा महत्त्वपूर्ण भूमिका थियो। त्यसै घटनालाई शताब्दीमा नै त्यस देशको सबैभन्दा विवादास्पद घटना मानिन्छ।
दुई बच्चाका बाबु उनी हङकङका बासिन्दा हुनुका साथै सन् २०१२ मा सुरक्षा उपसचिव हुनु अगाडिसम्म बेलायती नागरिक पनि थिए।
जनस्तरबाट विवादास्पद सुरक्षा कानुनको विरोध हुँदा त्यसलाई दबाउने मुख्य पात्र उनी नै थिए। यसअघि भएका थुप्रै पत्रकार सम्मेलनमा उनीमाथि नै प्रश्न तेर्स्याइने गरिएको थियो। धेरै शान्त प्रदर्शनमा पनि उनले प्रहरीलाई दमन गर्न आदेश दिएकै कारण हिंसा भड्किएको थियो।
त्यहाँ भएका थुप्रै प्रदर्शनमा लीको निर्देशनमा पानीको फोहोरा, अश्रु, ग्यास र रबरको गोली प्रहार हुन थालेपछि यो विषय अन्तर्राष्ट्रिय निकायमा चासो बनेको थियो। त्यस समयमा प्रशासनको तीव्र आलोचना पनि भएको थियो। त्यस प्रदर्शनमा गरिएको दमन र धरपकडमा कारण उनका आलोचक अहिले पनि धेरै छन्।
त्यसै समयमा लीले प्रदर्शनकारीलाई आतङ्ककारीको संज्ञा दिँदै उनीहरूले नै हिंसा भड्काएको प्रतिक्रिया दिएका थिए। त्यस प्रदर्शनमा गरेको दमन र एकतन्त्रीय शासनको पक्षधर रहेको भन्दै अमेरिकाले त्यसै समयदेखि ली लगायत अन्य धेरै अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। उनको युट्युब एकाउन्टमासमेत प्रतिबन्ध लगाइएको थियो। लीले भने आफूले पदीय जिम्मेवारी पुरा गरेको बताउँदै आएका थिए। यो दमन गरेसँगै गत जुनमा उनी प्रमुख प्रशासकीय सचिव भएका हुन्। यो हङकङको दोस्रो ठूलो पद हो। अप्रिलमा भने उनले राजीनामा दिएका थिए।
लीले प्रदर्शनकारीलाई आतङ्ककारीको संज्ञा दिँदै उनीहरूले नै हिंसा भड्काएको प्रतिक्रिया दिएका थिए। उनको युट्युब एकाउन्टमासमेत प्रतिबन्ध लगाइएको थियो। लीले भने आफूले पदीय जिम्मेवारी पुरा गरेको बताउँदै आएका थिए।
सन् २०२० को जुनमा चीनले सुरक्षा कानुन पास गरेको थियो। सो कानुन अनुसार प्रदर्शनकारीलाई कारबाही गर्न सजिलो भएको थियो । त्यसै प्रदर्शनमा १ सय जना भन्दा बढीलाई गिरफ्तार पनि गरिएको थियो।
राष्ट्रिय सुरक्षाका मामला हेर्न पछिल्लो समय गठित एक समितिमा ली पनि सदस्य छन्। उनले यस कानुनले हङकङलाई फेरी स्थिर बनाउने दाबी गरेका छन्। साथै उनको दाबी अतीवादबाट हङकङलाई मुक्त गर्ने भन्ने पनि छ। उनले आफ्नो कार्यकालमा सुरक्षाका विषयलाई प्राथमिकता दिने बताइसकेका छन्। खासगरी आर्टिकल २३ मा उनको विशेष चासो नै छ। यसले पनि हङकङलाई अझ बढी कठोर बनाउन सक्नेछ।
यसलाई हङकङको मिनी संविधान पनि भन्न थालिएको छ। यसले बेइजिङको विरुद्धमा कुनै विद्रोही कुरा गरे देशद्रोही र राजद्रोह मुद्दासमेत लाग्न सक्नेछ। यसै कानुनको पूर्ण कार्यान्वयनकै लागि हार्ड लाइनर लीलाई अहिले बेइजिङले प्राथमिकता दिएको छ। यसका लागि लामो समयको प्रयासले उनलाई यो स्थानमा ल्याइएको थियो।
उनलाई आलोचकले पिकाचुको नामले पनि चिन्छन्। यो पिकाचु नाम कार्टुन पोके म्यानको एउटा पात्र हो। चीनले जस्तो चाहेका त्यसै अनुसार चल्ने भएकाले उनलाई यो उपनाम दिइएको हो। उनको चयनलाई धेरै राजनीतिक समीक्षकले अमेरिकासँगको सम्बन्धसँग जोडेर हेर्न थालेका छन्। अमेरिकाले हङकङलाई आफ्नो अनुकूल प्रयोग गर्न सक्ने कुरामा सशङ्कित भएर चीनले यो कदम चालेको पनि धेरैको अनुमान छ।
कानुनको पूर्ण कार्यान्वयनकै लागि हार्ड लाइनर लीलाई अहिले बेइजिङले प्राथमिकता दिएको छ। यसका लागि लामो समयको प्रयासले उनलाई यो स्थानमा ल्याइएको थियो।
धेरै समीक्षकले लीको चयनले हङकङ प्रहरी राजमा गएको ठहर गर्दै थुप्रै कुरा निसानामा पर्ने आशङ्का व्यक्त गरेका छन्। “लीलाई चयन गर्नुको मतलब चिनियाँ कम्युनिस्ट पार्टी विश्वस्त हुन सकेको छैन। साथै केन्द्रीय सत्ता अझ हङकङलाई आफ्नो पूर्ण पकडमा नै राख्न चाहन्छ भन्ने प्रस्ट भएको छ।’’ हङकङ फ्री प्रेसमा स्तम्भकार जोन र्बन्सले लेखेका छन्।
हङकङ पत्रका सङ्घका प्रमुख रोन्सन चानले लीको कार्यकालमा प्रेस स्वतन्त्रताको कल्पना गर्न पनि कठिन हुने बताउँछन्। त्यसो त ली कार्यकाल सुरु हुने भन्दा अगावै राष्ट्रिय सुरक्षा कानुनका कारण टेबलोइड पत्रिका एपल डेली र स्टयान्ड न्युज बन्द भइसकेका छन्। यसका साथै सञ्चार माध्यमलाई वैदेशिक शक्तिबाट चलेको आरोप लागेको छ। साथै उनीहरूलाई राजद्रोहको आरोपसमेत लाग्न थालेको छ।
पछिल्लो समय ली व्यवस्थापकीय सन्तुलन पूरा गर्नका साथै सामाजिक न्यायको सवालमा पनि कमजोर साबित भएका छन्। संसार नै कोरोना महामारीबाट बाहिर निस्किएर सामान्य बन्दै गइरहेको समयमा उनले शक्ति हातमा लिएका हुन्। आर्थिक असमानता बढी रहेको विषयमा पनि उनको चासो रहने छ।
उनको मनोनयनपछि नै लीले एउटा सल्लाहकार कमिटी गठन गरेका थिए। त्यसमा हङकङका सबैभन्दा धनी व्यक्ति लिका सिंहलगायत चीनको माथिल्लो सल्लाहकार समितिका सदस्य हेन्री टाङ पनि सदस्य छन्। फिल्म स्टार ज्याक जान पनि सो सूचीमा समावेश गरिएका छन्।
पछिल्लो समय ली व्यवस्थापकीय सन्तुलन पूरा गर्नका साथै सामाजिक न्यायको सवालमा पनि कमजोर साबित भएका छन्। संसार नै कोरोना महामारीबाट बाहिर निस्किएर सामान्य बन्दै गइरहेको समयमा उनले शक्ति हातमा लिएका हुन्।
उनका समर्थक भने हङकङमा स्थायित्व आवश्यक भएका कारण ली नै सबैभन्दा उपयुक्त नेता भएको बताउँछन्। अनुभवको कमी भए पनि उनी अहिलेको आर्थिक अवस्थामा फानान्सीयल कन्डक्टर हुने बताउँछन्। बेइजिङ पनि त्यही निष्कर्षमा पुगेको छ।
चीनको यो इच्छा बमोजिम लीले त्यो अख्तियारी पाए पनि संसारका सामु ९ जुन २०१९ को त्यो घटना अझै ताजै छ। सोही दिन हङकङमा राष्ट्रिय सुरक्षा ऐनका विरुद्धमा हजारौँ जनसङ्ख्याको जुलुस सडकमा ओर्लिएको थियो। त्यसै दिन सडक रगताम्मे भएको थियो। साथै धेरै जनाले त्यसै दिन हङकङ छाड्ने निधो गरेका थिए। बेइजिङको योजना अनुसार हङकङमा त्यस खराब अवस्था ल्याउने नै एक प्रमुख मात्र तीनै ली थिए। अहिले देश छाडिसकेका, आन्दोलनमा घाइते भएका र देश छाड्ने योजनामा रहेका हरेका लागि त्यसै दिनदेखि लीको छवि खलनायकको झैँ भएको थियो।
हङकङ प्रशासनमा लीको उपस्थिति लगभग आधा दशक अगाडिदेखि कै हो। सुरुवातमा ब्रिटिस शासन रहेको त्यही हङकङमा उन्नति र प्रगति गरेका ली सन् १९९७ मा चीनको अधीनमा पुगेपछि झन् छोटो समयमा फड्को मार्न सफल भएका हुन्। सन् १९९७ देखि नै हङकङबासीले एकपछि अर्को स्वतन्त्रता गुमाउँदै गए भने त्यसका विरुद्धमा भएका हरेक आन्दोलन दबाउन लीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण थियो। सन् २०१० मै उनी प्रहरी सेवाको दोस्रो ठूलो व्यक्ति भएका थिए।
हङकङ प्रशासनमा लीको उपस्थिति लगभग आधा दशक अगाडिदेखि कै हो। सुरुवातमा ब्रिटिस शासन रहेको त्यही हङकङमा उन्नति र प्रगति गरेका ली सन् १९९७ मा चीनको अधीनमा पुगेपछि झन् छोटो समयमा फड्को मार्न सफल भएका हुन्।
त्यसको दुई वर्षपछि नै उनी हङकङको सुरक्षा संयन्त्रमा आबद्ध भएका थिए। सुरुमा सामान्य रहेका ली त्यस पछि हङकङबासीका लागि विस्तारै टाउको दुखाइको विषय बनेका थिए। यसपछि नै उनको त्यहाँको प्रमुख बन्ने बाटो तय भइरहेको थियो। कठोर राष्ट्रिय सुरक्षा ऐन लागु भएको हङकङको सत्तामा कठोर नीति भएका लीको उपस्थितिले समस्या अझ थपिएको छ। –बीबीसी–सिएनएन