फाइल फोटो

मुख्य समाचार

स्थानीय निर्वाचन : सीमा नाका आज रातिदेखि बन्द हुँदै

By खबरहब

May 10, 2022

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सीमा नाका आज रातिदेखि बन्द हुँदैछन्।

भारतसँग सीमा जोडिएका विभिन्न जिल्लाका सीमा नाका बन्द हुन लागेका हु। लुम्बिनी प्रदेशका बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका मंगलबार रातिदेखि बन्द हुँदैछन्।

भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनको भनाइ छ।

यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो।

बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ।