बलिउड/हलिउड

‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज (भिडियो)

By खबरहब

May 10, 2022

काठमाडौँ– विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’ को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ ।

विश्वकै प्रतीक्षित फिल्मको शृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । प्रदर्शकहरूको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरेर चर्चा बटुलेको फिल्मको टिजर इन्टरनेटमा रिलिज गरिएको छ । ‘अवतार २’ को शीर्षक ‘अवतार स् द वे अफ वाटर’ राखिएको छ ।

जेस्म क्यामरुनकै निर्देशनमा बनेको फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । फिल्मका दृश्यहरुलाई पानीमुनि खिचिएको छ भने विज्ञानको अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथाले फिल्म भरिएको छ। फिल्मको टिजरमा नदीमुनिका विभिन्न जीवहरुसँगको कथालाई प्रस्तुत गरिएको छ। टिजरमा सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ। फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका स्टारहरुको अभिनय छ।

हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो ‘अवतार’ । यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २।८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरू दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनी डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् । कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेललाई सन् २०२२ को डिसेम्बर १६ मा डिज्नीले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । 

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।