फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंकाली प्रधानमन्त्रीको राजीनामा स्वीकृत, कर्फ्यु आदेश कायमै

By रासस

May 10, 2022

काठमाडौँ- श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ  ।त्यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्  । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन् । उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

समाचारमा जनाइएअनुसार श्रीलंकामा सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ । 

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरूले मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजापाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।