बलिउड/हलिउड

पर्दामा नजुरेको सलमान र दीपिकाको जोडी 

By खबरहब

May 10, 2022

काठमाडौँ– बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण । 

शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहेता पनि यो अवसर मिलेको छैन । सलमानले प्राय आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा देखिने सलमान र दीपिकाले सँगै फिल्म गर्ने इच्छा रहेको बताउने गरेका छन् ।

‘मलाई तपाईँसँग फिल्ममा जोडी बन्ने इच्छा छ । तर किन मिलिरहेको छैन’ दीपिकाले पछिल्लो समय बिग बोसमा भेट हुँदा सलमानलाई भनेकी थिइन् । सलमानले पनि आफू स्क्रिन सेयर गर्न तत्पर रहेको बताएका थिए । यद्यपि त्यो पुरा हुन् सकेको छैन । सलमानले गरिरहेको फिल्ममा हिरोइनको रोल सशक्त नहुने भएकाले पनि त्यो सम्भव भएको छैन । यसैबीच दीपिकाले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पठान’ मा सलमानले केमियो गरेका छन् । उनले फिल्ममा ‘टाइगर’ कै भूमिका निर्वाह गरेका हुन् । 

‘पठान’ को केमियोमा सलमानले दीपिकासँग स्क्रिन सेयर गरेको चर्चा बि-टाउनमा छ । सामाजिक सञ्जालमा एक्सनका दृश्यमा सलमान र शाहरुख खानसँगै दीपिका पनि देखिएको चर्चा चलिरहेको छ । 

यद्यपि यस विषयमा फिल्म टिमले आधिकारिक रुपमा केही बोलेको छैन ।