फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे नौसेनाको शरणमा

By खबरहब

May 10, 2022

काठमाडौं– प्रदर्शनकारीले सरकारी निवासमा आक्रमण गरेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे भागेर नैसेनाको शरणमा पुगेका छन् ।

राजपाक्षे र उनको परिवारका सदस्यहरु श्रीलंकाको उत्तरपूर्वी शहर ट्रिङ्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारमात्र उनले राजीनामा दिएका थिए ।

सरकार समर्थक प्रदर्शनकारीको समूहसँग झडप भएपछि आक्रोशित बनेका सरकार विरोधी प्रदर्शनकारीले रातभर हिंसात्मक प्रदर्शनलाई निरन्तरता दिएसँगै निवर्तमान प्रधानमन्त्री राजपाक्षे भागेर नौसेनाको आधारमा पुगेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ ।

राजपाक्षे र उनका परिवारलाई हेलिकोप्टरमार्फत राजधानी कोलम्बोबाट २७० किलोमिटर टाढा रहेको नौसैनिक आधार पुर्‍याइएको हो ।

राजपाक्षे त्यहाँ रहेको थाहा पाएर आधार बाहिर पनि प्रदर्शनकारीले प्रदर्शन चर्काएको बताइएको छ ।