समाचार

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान 

By खबरहब

May 10, 2022

जुम्ला- जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएकाे छ । मतगणना सुरक्षित हाेस् भनेर सीसीटीभी क्यामरा जडान  गरिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न  यसअघि नै निर्देशन दिएकाे हाे । उनले भनिन्, ‘केहीमा जडान भइरहेको सूचना आएको छ  । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।’

यस्तै विगतको निर्वाचनमा टेलिफोन नै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ ।