तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

तालिबानको प्रतिबन्धका बावजुद अफगानिस्तानमा अफिमको उत्पादन बढ्दो

By खबरहब

May 10, 2022

काठमाडौं– तालिबानले प्रतिबन्धको घोषणा गरेपनि अफगानिस्तानमा अफिमको उत्पादनमा वृद्धि भएको खुलासा भएको छ ।

अमेरिकी अखबार वाशिंटन पोष्टले अफगानिस्तानको सुदूर मरुभूमि क्षेत्रबाट लागूऔषध गिरोहले अफिमको उत्पदन गर्ने गरेको जनाएको हो ।

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले केही साताअघिमात्रै मुलुकमा अफिम उत्पादनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

यद्यपि हाल अफगानिस्तानमा लागूऔषध उद्योग सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको वाशिंटन पोष्टले जनाएको छ ।

विश्वमा अफिम आपूर्तिको ८० प्रतिशत अफगानिस्तानमा उत्पादन हुने गरेको अनुमान गरिन्छ । यसबाहेक मुलुकमा पछिल्लो ६ वर्षमा लागूऔषध प्रशोधन गर्ने प्रयोगशाला र कारखानाको संख्या पनि बढेको जनाइएको छ ।

अफगानिस्तानमा जारी आर्थिक संकटका कारण अफगान नागरिकहरुलाई आयको नयाँ श्रोत फेला पार्न दबाब परिरहेको सन्दर्भमा लागूऔषधको उत्पादन, तस्करी र प्रयोग बढिरहेको जनाइएको हो ।