फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

By खबरहब

May 10, 2022

काठमाडौँ– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।