क्रिकेट

दक्षिण अफ्रिकासँग भारत पराजित

By खबरहब

June 10, 2022

काठमाडौं– पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ ।

दिल्लीमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।

भारतले २ सय १२ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

यस जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।