काठमाडौँ – उपत्यका फोहोरमैलाले गर्दा कुरुप सहर बनेको छ । सडकका गल्ली गल्लीमा फोहोरको चाङ देख्न सकिन्छ । वर्षातको मौसम सुरु भइसेको छ । वर्षाले गर्दा फोहोरमैलाहरु सडक यत्रतत्र छरिएका छन् । दुर्गन्ध फैलिरहेको छ । काठमाडौंँ महानगरपालिका लगायत १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोल र बन्चरेडाँडामा विसर्जन गरिने गरिएको छ । तर ल्यान्डफिल साइटका स्थानीयको अवरोधका कारण काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन । अहिले काठमाडौँ उपत्यकामा फोहोरमैला व्यवस्थापनको संकट छ । यही फोहोरमैला व्यवस्थापन समस्या फोहोरमेला व्यवस्थापनका चुनौती लगायत विषयमा खबरहबका लागि लक्ष्मण फुयालले काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईसँग गरेको कुराकानीको सम्पादित अंशः
काठमाडौँ महानगरले सडकमा फालिएका फोहोरमैलाको कसरी व्यवस्थापन गर्दै छ ? विगत १४ दिन देखि होइन । विगतमा धेरै समयदेखि पनि फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ । फोहोरमैला विसर्जनमा अवरोध गर्ने एउटा संस्कृति जस्तै बसिसकेको रहेछ विगतदेखि । जेठ १४ देखि ल्यान्डफिल साइड स्थानीय बासिन्दाहरूले अवरोध गरिरहेको अवस्था थियो । जेठ २३ सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिका प्रमुखहरु बसेर सहमति भएको थियो त्यो सहमति अनुसार विगत १२ दिनदेखि रोकिएको विसर्जन अवरोधको सन्दर्भमा सहमति अनुसार फोहोर व्यवस्थापन गर्ने लैजाँदा फेरी अवरोध भएको थियो । केही सुरक्षाकर्मीहरूको सहयोग लिएर फोहोर विसर्जन गरेका थियौ । अहिले पनि सहज अवस्था आइसकेको छैन । अवरोध हटाउनुपर्छ । खसालेका फोहोरहरुको ल्यान्डफिल साइडमा उचित व्यवस्थापन गर्न बाँकी छ । स्यानिटर ल्यान्डफिल साइडको व्यवस्थापन गर्नुपर्छ । काठमाडौँ महानगरपालिकाले सहरमा थुपारिएका फोहोर उठाउँदै व्यवस्थापन गर्दै लानेछ । अहिले संकटको अवस्था परेको कारण हामीले फोहोर छुट्याएर होइन सबै सडकका उठाउँदै व्यवस्थापन गर्छौ । सहरबासीमा फोहोरलाई वर्गीकरण गर्ने सूचना जारी गरेका छौ । फोहोरलाई सकसम्म घरमै व्यवस्थापन गर्ने नसके कुहिने र नकुहिने गरी छुट्याइदिन अनुरोध गरेका छौँ । महानगरले फोहोर पनि संकलन वर्गीकरण गरेर फोहोर संकलन गर्ने छ । अर्गानिक फोहोरलाई यतै केही विधिवाट व्यवस्थापन गर्नेछौँ ।
सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका तथा स्थानीयबीच सहमति भएको थियो ? ३ वर्ष अगाडि पनि भएका सम्झौता कार्यान्वयन भएका छैनन् । अहिले फेरी स्थानीयको अवरोध छ यसमा के भन्नुहुन्छ ? हरेक व्यक्तिका माग आफ्ना आफ्ना हुन्छन् । मेरो विचारमा उहाँहरूको मागलाई कसरी लिनुभयो । मैले बुझेको जग्गा अधिग्रहण विषयहरू छ । जग्गा अधिग्रहण विषय छ । त्यो सहमतिमा विज्ञले दिएको आधारमा आवश्यक जग्गा अधिकरण गर्ने प्रतिवेदन छ । आवश्यक जग्गा अधिकरण गर्ने कति जग्गा अधिकरण गर्ने विज्ञको रिपोर्ट आएपछि तुरुन्त अधिकरण गर्ने भन्ने छ । उहाँहरूको मुख्य माग त्यही हो जस्तो लाग्छ । काठमाडौँ महानगरपालिकाले उहाँहरूको जग्गा अधिकरणको माग सम्बोधन गर्ने सक्दैन । उँहाहरुले माग राख्ने भनेको नेपाल सरकारसँग नै हो । अन्य कुराहरु माग सम्बोधन नभएको कुराहरु छ त्यसलाई बिस्तारै सम्बोधन गर्दै लाने हो एकै चोटि सबै पुरा गर्ने असम्भव हुन्छ। उहाँहरुले पनि आफ्ना कुरा स्थानीय निकायमार्फत ल्याउनु प¥यो । काठमाडौँ महानगरपालिकाले गर्ने भनेको पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षामा गरिआएका सहयोगहरुलाई यथावत् राख्ने छ । आवश्यकता अनुसार थप्दै जाने भन्ने पनि छ । काठमाडौँ महानगरपालिकाले गर्ने भनेको ल्यान्डफिल साइडमा व्यवस्थित ढङ्गले फोहोरमैला व्यवस्थापन गर्ने काम हो त्यो कुराहरु विगतमा पनि भइरहेको छ ।
त्यसमा केही कमीकमजोरी भएका छन् अहिलेको अवस्थामा गर्ने नसकिएको भनेको सहरमा फोहोर थुप्रिएको छ। राजधानीमा धेरै मात्रामा फोहोर जम्मा भएका छन् । फोहोरलाई तुरुन्त व्यवस्थापन पनि गर्नुपर्ने अवस्था पनि छ। त्यसलाई व्यवस्थित ढङ्गबाट लान सकिरहेको अवस्था छैन । यसलाई स्वीकार गर्नुपर्छ । जम्मा भएको ठाउँमा एथेस्ट मात्रमा गन्ध हटाउन औषधि हाल्न सकिरहेको छैनौँ । त्यही सन्दर्भमा ल्यान्डफिल साइडमा विज्ञ गएर परीक्षण गर्दै आइरहनुभएको छ । यसअनुसार अगाडि बढ्ने छ । हिजो जुन सिस्डोल ल्यान्डफिल साइड प्रयोग गरेका थियौ पोस्ट क्लोजरको काम कसरी गर्ने भइरहेको छ । हरियाली कसरी कायम गर्ने कसरी ग्रनरी बनाउने । यसमो निर्कियोल हुन छ यसको पनि टामलाई तोक्नु छ । त्यसरी व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा सहमति भए पनि फोहोर फाल्ने, फोहोर फाल्नको लागि प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बल प्रयोग गरेको भन्दै आक्रोशित हुँदा अझै समस्या आउँदैन ? महानगरले के गर्दैछ ? महानगरले दुवै पक्षहरूसँग सहजीकरण गर्दिने हो । हामीले गर्ने प्रतिवद्धताहरु हामीले पुरा गर्नु पर्छ । हाम्रो तर्फबाट गर्ने जुन जुन सम्भव छ त्यो महानगरले गर्ने छ । उहाँहरुको जे जे माग पुरा भएका छैन ती मागहरूलाई सम्बोधन गर्दै जानुपर्छ । तर अहिले नै ती मागहरू एकै चोटि सम्पूर्ण मागहरू पुरा हुन नसक्ने अवस्थाहरू होलान् त्यसलाई क्रमशः हुँदै लानुपर्ने होला । यसमा पनि क्लियर हुन आवश्यक छ ।
उहाँहरुलाई आफ्नो स्थानीयतहरुमा पनि ती मागहरू स्थानीय तहमार्फत आउँदा बढी प्रभावकारी हुन्छ । हरेक फरक फरक इन्डिभिजज्युले माग राख्नुभन्दा पनि स्थानीय तहमार्फत माग राख्नु राम्रो हुन्छ । काठमाडौँ महानगरपालिका र उहाँहरु स्थानीय निकायहरु समान हैसियत हो । दुवै स्थानीय तह हो।
उहाँहरुको विशेष माग भनेको संघीय सरकारलाई नै छ जस्तो लाग्छ । हामीले शिक्षक दरबन्दीको रूपमा अनुदान दिइरहेका छौ । यसलाई पनि समय सापेक्ष दिँदै जानेछौ । आवश्यकता अनुसार यसमा पनि थप हुँदै जानेछ । ती मागहरूलाई बिस्तारै समाधान गर्दै जाने हो । अहिलै नै फोहोरलाई मात्रै टारगेट बनाएर फोहोरलाई रोकिराख्नु भएन त ।
काठमाडौँमा दैनिक कति फोहोर सङ्कलन हुन्छ ? काठमाडौँ महानगरले सडकमा थुपारिएको फोहोरमैला कहिलेसम्म व्यवस्थापन गर्छ ? काठमाडौँ महानगरलगायत अन्य १८ स्थानीय निकायहरुबाट १२ सय मेट्रिक टन फोहोर सिसडोलमा जाने फोहोरको मात्रालाई भनिएको हो। यसमा काठमाडौँ महनगरको हिस्सा ५० प्रतिशत हुन्छ । कहिले सम्म भन्दा अवरोध नभएको खण्डमा सहज भएको अवस्थामा स्थानीय बासिन्दा सहज रूपमा फोहोर फाल्न दिने अवस्था छैन अहिले । सहज ढङ्गमा फोहोर विसर्जन गर्न पाएको अवस्थामा १५ दिनमा व्यवस्थापन गरी सकिन्छ । सहज अवस्था सिर्जना हुनपर्यो ।
बन्चरेडाँडा तथा सिसडोलमा समस्या आयो फोहोर फाल्न दिएन भन्दै फोहोर व्यवस्थापनबाट पन्छने प्रचलन छ यसमा दोष कसको हो ? नयाँ विकल्प सोच्ने अवस्था भएन अब ? यसमा विकल्प सोच्नुपर्छ । ल्यान्डफिल साइटमात्रै अन्तिम विकल्प होइन । ल्यान्डफिल साइटमा लैजाने भनेको एकदमै कम मात्रामा हो । पहिला फोहोरलाई स्रोतमा व्यवस्थापन गर्नुपर्छ। हरेक फोहोर उत्पादक व्यक्ति तपाई हामीले यसको दोषी हो । फोहोरलाई फाल्ने बस्तुको रूपमा हेर्छौ । फोहोरमैलाको संकटको बेलामा घरमा भएका जे जति थोत्रा सामान छन् । सबै सडकमा फ्लादिएका छौ। गुन्द्रीदेखि फाटेको तन्ना सोफा सिरक के के छ सबै सडकमा देखिरहनुभएको छ । कमसेकम संकटको बेला यस्तो बेला घरमा राख्न सकिँदैन । यो सहर हामी सबैको होइन र यसलाई सफा बनाउने जिम्मा हामी सबैको होइन र । व्यवस्थापकीय रुपमा कमीकमजोरी भएका हुन सक्छन् ।
कमीकमजोरी छन् । ल्यान्डफिल साइटको विकल्प छैन । हामीसँग एउटै छ । अन्यत्र यसको विकल्प छैन अहिलेको अवस्थामा सरकारले त्यहाँ ठुलो धनराशि खर्च गरेको छ । त्यही प्रयोजनको लागि बनाएको छ। त्यसमा व्यवस्थापन गर्ने नपाए अन्य गर्ने ठाउँ छैन । त्यहाँ व्यवस्थित ढङ्गले गर्नुपर्छ त्यसको पाटो छदैछ । ल्यान्डफिल साइटमा फोहोरको संख्या कम मात्रामा जानुपर्छ । त्यो फोहोरलाई घरमै व्यवस्थापन गर्नुपर्छ ।
वैकल्पिक ल्यान्डफिलसाइट खोज्नुपर्ने कुराहरु पनि छन् । ट्रान्सफर स्टेसनको पनि कमी छ त्यस पनि बढाउन आवश्यक छ। कुनै संस्थाहरूले फोहोर छुट्याउछौँ । सेगरिगेट गर्छौ भन्दा ट्रन्सफर स्टेसन कम मात्रामा छ । सहरभित्र कसैले पनि स्थान उपलब्ध गराउँदैनन् । तयार छैनन् । टेकुमा मात्र ट्रान्सफर स्टेसन यहाँ ट्रान्सफर स्टेसनहरुको समस्या छ । टेकुमा पनि लिमिटेड क्षमता छ । दीर्घकालीन उपाय भनेको यही हो फोहोरलाई स्रोतमा वर्गीकरण गर्नुपर्छ। काठमाडौँ महानगरपालिका फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने लागिपरेको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने फोहोरलाई कम उत्पादन गर्ने हो । ल्यान्डफिल साइटमा जाने फोहोरको मात्रा घटाउने हो । यसमा काठमाडौँ महानगरपालिकाले मात्रै होइन जो जो फोहोर कार्यपालिकहरुले यसमा सोचेर यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। फोहोरलाई व्यवस्थापन गर्ने उहाँहरुको दायित्व हो । ल्यान्डफिल साइडमा कम फोहोर लान सबैले यसमा सोच्नुपर्छ।
सडकमा यत्रत्रत फोहोर फालिएको छ, महानगरले फोहोरमैला व्यवस्थापन गर्ने किन प्रभावकारी ढङ्गबाट नहेरेको हो ? फोहोरमैला व्यवस्थापन नभए स्वास्थ्य समस्या तथा काठमाडौँमा संक्रमण भयो भने को जिम्मेवार रहन्छ ? फोहोर व्यवस्थापन गर्न सानो सानो ट्रान्सपर स्टेसन भएको भए सडकमा आएका फोहोरलाई व्यवस्थापन गर्न सहज हुन्थ्यो । भरसक सडकमा आउनुहुँदैन घरमै व्यवस्थापन गर्नुपर्छ । केही समयलाई होल्ड गर्नुपर्छ । मान्छेले एक रात पनि घरमा फोहोर राख्न चाहँदैन बिहानै फोहोर फाल्दिनुछ । सडकमा भएका फोहोरहरु जतिसक्दौ चाडो ल्यान्डफिल साईड लगेर विसर्जन गर्ने हो यसको उपाय । काठमाडौँमा फोहोर जम्मा गर्ने स्थानहरू छैन । गन्ध आउने ठाउँमा औषधि छर्कने काम हुन्छ भएका छन् । निजी क्षेत्रले फोहोरहरूलाई जथाभाबी फाल्नुभन्दा बोरा बोरामा राख्नुपर्छ। कमसेकम एक ठाउँमा संकलन गरेर राख्नुपर्छ केहीले सुरुवात गरेका छन् । टेकुमा भएको ट्रान्सफर स्टेन बन्द छ टेकुका स्थानीयहरूको अवरोध छ । फोहोरमा दीर्घकालीन सोचको अभावले पनि हो। हरेक सहरवासीलाई अबेर गराउनुपर्छ। फोहोरलाई फाल्ने वस्तुको रूपमा नभई आम्दानीको रूपमा हर्नुपर्छ । फोहोरलाई उद्योगको रूपमा विकास गर्दै जानुपर्छ जसबाट रोजगारी सिर्जना गर्ने सकिन्छ । फोहोरबाट उत्पादित बस्तुहरूबाट बजारमा विक्री गरेर आम्दानी लिन सकिन्छ । फोहोरलाई फाल्ने वस्तुबाट नभई यसबाट मोहोर हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।
महानगरले फोहोरमैला व्यवस्थापन गर्ने जनस्तरमा कस्ता कस्ता कार्यक्रम लादैछ ? महानगरले हरेक वडा हरेक टोलहरुमा उहाहरुमार्फत टोलबासीहरुमा व्यवस्थापन गर्ने तरिका तथा सूचनाहरू व्यापक रूपमा परिचालन गर्छौ। विभिन्न माध्यमहरूबाट प्रवाह गर्छौ । मिडिया पत्रपत्रिका सोसल मिडिया लगायत विभिन्न वडा समुदायाकासंस्था साथै भोलुन्टियरबाट गर्ने छौ। चनचेतना व्यापक रूपमा फैलाउनुपर्छ । महानगरले यो काम गर्छ । स्थानीय तहहरुमा भएका युनिट मार्फत जाने योजना छ । यसलाई कार्यान्वयनको हिसाबमा जाने । संकलनक कुहिने र नकुहिने हिसाबमा संकलन गर्दै जान्छौ। प्लान्ट स्थापना गर्ने क्मपोस्टिङ व्यवस्थापनमा हाम्रो योजना छ । जनकारी चेतना तथा तालिमको व्यवस्था गर्छौ।
अन्त्यमा के भन्नुहुन्छ ? कुहिने फोहोरबाट दुर्गन्ध आउने हो । फोहोरमैलाको मात्रा हेर्दा ७० प्रतिसतभन्दा बढी कुहिने फोहोरको मात्रा छ यसले महामारी ल्याउँछ । ७० प्रतिशत कुहिने फोहोरलाई व्यवस्थापन गर्न सके ७० प्रतिशत फोहोरमैला समस्या हल हुन्छ । अहिलेको अवस्थामा नगरबासीहरुले फोहोरलाई सडकमा ननिकाल्दिनु भरसक घरमा कुहिने र नकुहिने छुट्याइदिनु पर्छ । छुट्याउन नसकेको केही समयको लागि सडकमा नल्याइदिनुस् सडकमा फोहोर आउनुको कारण फोहोर विसर्जन नभएर हो । यसलाई उठाउन नसकेर होइन । ल्यान्डफिल साइटको समस्याले हो । फोहोरलाई घरघरमै छुट्याउ । छुटिएका फोहोरलाई अलग अलग भाडामा राखै सकिन्छ भने घरमै व्यवस्थापन गरौँ कम फोहोर उत्पादन गरौँ । सडकमा सकेसम्म नल्याऔँ ।