सांकेतिक तस्वीर

देश/प्रदेश

सप्तरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

By खबरहब

June 10, 2022

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–३ बरमझियाका ३० वर्षीय चन्देश्वर दास रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना २ ख ९२१० नम्बरको ट्रकले बिहीबार साँझ सवा ६ बजे उनी सवार साइकललाई ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले नियन्त्रणमा लिएको छ ।