देश/प्रदेश

बकर ईद, हर्षोल्लासपूर्वक मनाइँदै (तस्बिरहरु)

By खबरहब

July 10, 2022

काठमाडौँ- मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल जोहा) आइतबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लागेको छ। यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।